top_rightads

Follow me on Twitter

Wednesday, March 9, 2016

चीनसँगको इन्धन सम्झौता हुने






फागुन २७ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा दुई मुलुकबीच हुने इन्धन व्यापार सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रधानमन्त्री ओली आगामी चैत ७ गतेदेखि चीन भ्रमणमा जाँदैछन् ।  आपूर्ति मन्त्रालय स्रोतका अनुसार, चीनसँग इन्धनसम्बन्धी दुईपक्षीय व्यापार तथा आपूर्ति सम्झौता गर्न सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । व्यापार र सरकारस्तरबाट हुने दुईपक्षीय सम्झौताको मस्यौदा आपूर्ति मन्त्री गणेशमान पुनले अर्थमन्त्रालय, परराष्ट्रमन्त्रालय र प्रधानमन्त्रीको कार्यालयबाट राय सुझावसहित अनुमोदन गराइसकेका छन् । 

No comments:

Post a Comment