top_rightads

Follow me on Twitter

Wednesday, March 9, 2016

प्रितीले सुटुक्क गरेको बिहेको राज खुल्यो !


फाल्गुन २७, २०७२- विवाहलाई गुपचुप राख्न चाहेकी प्रिती जिन्टाले अन्तत: आधिकारिक रूपमा त्यसलाई स्वीकार गरेकी छन् । लस एन्जलसमा रहेका प्रेमी जीन गुडइनफसँगै हालैको साता सुटुक्क बिहे गरेपछि मिडियामा यसबारे हल्ला व्यापक बनेको थियो । 

सोमबार मात्रै आफ्नो सामाजिक सञ्जालको प्रयोग गर्दै प्रितीले जोडीको फोटोसहित स्टाटस लेखेकी छन्, ‘अहिलेसम्म मैले मिस ट्यागलाई बचाइराखें । तर जब मैले गुडइनफ भेटें तर म पनि विवाहित क्लब ज्वाइन गरें ।’

रौसे स्वभावकी प्रितीले विवाहको शुभकामना दिनेप्रति आभार व्यक्त गर्दै थप लेखेकी छन्, ‘अब गुडइनफवाला जोक्स पनि सुरु गरौं ।’ स्वयं प्रितीले नै पतिको थरलाई लिएर ठट्टा गरेपछि बलिउडका उनका सहकर्मी, साथीहरूले पनि ट्वीटरमा प्रिती पति ‘गुडइनफ’ को थरसँग जोडेर हाँसो गर्न थालेका छन् । 

विवाहको खबरलाई नकार्दै आएकी प्रितीले उल्टै भनेकी थिइन्, ‘मान्छेहरूलाई त मेरो विवाहको कुरा स्वयं मलाईभन्दा बढी थाहा हुन्छ । कतिसम्म भने, विवाहको मिति नै पनि तोकिसकेका हुन्छन् । कम्तीमा मलाई त कहाँ र कहिले हुँदै छ भनेर  सोध्न सक्थे ।’

यसअघि पनि उनको विवाहको मितिबारे अनेकन खबर आएपछि उनी बिच्किएकी रहिछन् । त्यसो त ४१ वर्षीया नायिका कम्तीमा आमाका लागि भए पनि यसै वर्ष विवाह गर्ने पक्षमा रहेकी थिइन् रे । भारतीय एउटा सञ्चार माध्यमलाई दिएको हालैको अन्तर्वार्तामा प्रितीले भनेकी छन्, ‘निश्चय पनि मैले यसै वर्ष गर्ने गरी विवाहको योजना बनाइरहेकी थिएँ । कथम् कदाचित मेरा लागि नभए पनि आमाका लागि भए पनि ।’

त्यसो त गुडइनफसँग विवाहका लागि प्रितीलाई पनि उनैकी आमाले राजी गराएकी रहिछन्, ‘आमाले सधैं बिहे कहिले के कहिले के भनेर हैरान पारिराख्नुभएको थियो । त्यसैले पनि यो विवाह चाँडो भयो । नत्र म सम्बन्ध लुकाउने पक्षमा हैन ।’ तर पूर्वप्रेमी नेस वाडियासँग सम्बन्धमा रहँदा र ब्रेकअपमा मिडियाले अनावश्यक खबर उछालेको र आफ्नो निजी सम्बन्ध मिडियामा ल्याएको भन्दै उनी बिच्किएकी थिइन | 

No comments:

Post a Comment