top_rightads

Follow me on Twitter

Saturday, March 19, 2016

भूकम्पमा मारिएका ३३ शब गाडियो !


चैत्र ७ | वर्षदिन पुग्न लाग्दा पनि आफन्त खोज्न नआएपछि भूकम्मा मृत्यु भएका ३३ जनाको बेबारिसे शव र मानव अवशेष महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमै गाडिएको खबर आजको अन्नपूर्णमा छापिएको छ।
प्रत्येक शवमाथि शंकेत नम्बर लेखिएको फलामका डन्डी गाडेर माटोले पुरिएको हो। आफन्त खोज्न आए भने डिएनए परीक्षण गरी त्यही संकेत नम्बरको आधारमा शवको कंगाल निकालि जिम्मा लगाउने अस्पतालका फोरेन्सिक मेडिसिन विभागका असिस्टेन्स प्रोफेसर  डा. रिजन श्रेष्ठले बताएका छन् ।
काठमाडौं र रसुवाबाट ल्यएका १५/१५ र दोलखाबाट ल्याइएको ३ शवमध्ये ८ पुरूष र २ महिला भएको पत्ता लागेको छ । हड्डी र एउटा मात्र अंग भएकाले लिंग पहिचान समस्या भएको हो ।

No comments:

Post a Comment