top_rightads

Follow me on Twitter

Sunday, March 13, 2016

आमा नहुँदा बुवाले छोरी गर्भवती बनाए ! गाउँलेले थाहा पाएपछि गरे यस्तो कारबाही

एजेन्सी । श्रीमतीको निधनपछि एक पुरुषले आफ्नै छोरीको यौन शोषणा गरी गर्भवती बनाएको सनसनीपूर्ण खबर बाहिर आएको छ ।

घटना भारतको  महाराष्ट्रको सताराको हो । जहाँ गाउँलेले थाहा पाएर यो घटनालाई गाउँ पञ्चायतसम्म पुर्याएका छन् । यो घटनामा त्यहाँको जाति पंचायतले छोरीको बलात्कार गरेको अभियोगमा बाबुका साथै पीडित छोरीलाई पनि सजाय सुनाएको छ । पंचायतको फैसलापछि बाबुछोरीमाथि १०-१० कोरा(लाठी) हानिएको थियो ।


समाचार अनुसार घटना सतारा जिल्लाको पाचवड गाउँको हो । त्यहाँका एक पुरुषले करिब ४ महिनासम्म आफ्नी नाबालिग छोरीको यौनशोषण गरे । यो कर्तुतको थाहा तब भयो जब पीडित युवती गर्भवती भइन् । जाति पंचायतले आफ्नो कानुनअनुसार गाउँलेको बीचमा बाबु र छोरीलाई सजाय दिएको हो ।
पीडित बालिकाकी आमाको केही वर्षअघि मृत्यु भइसकेको छ । जसका कारण बाबुले छोरीबाटै आफ्नो यौन प्यास मेटाउथे ।


पंचायतले यौन शोषणमा परेकी बालिकालाई पनि सजाय दिएपनि गाउँले छक्क परेका छन् । बाबुलाई त बलात्कार आरोपमा सजा सुनाइयो तर, छोरीलाई किन सजाय दिइयो भन्ने प्रश्न उठ्यो ।
जसमा छोरीलाई सजाय दिनुको कारण अहिलेसम्म यस्तो अत्याचार सहनु रहेछ । पंचायतले पीडित बालिकाले चार चार महिनासम्म एकपटक पनि यस्तो कर्तुतको विरोध नगरेपछि उनलाई पनि दोषी ठहर गरेको हो ।


यो पनि -४७ औँ पटक १० कक्षाको परीक्षा दिँदैछन् ७७ वर्षका शिवचरण

आखिर मानिसले कुनैपनि कुरा पूरा गर्नका लागि दृढनिश्चय गरेपछि जस्तोसुकै असफलताबाट पनि हार मान्दैन र पछि हट्दैन । यसको ज्वलन्त उदाहरण बनेका छन् ७७ वर्षका शिव चरण यादव । उनले ४६ पटकसम्म १० कक्षाको परीक्षामा फेल हुँदापनि अझै हिम्मत हारेका छैनन् र यो पाला ४७ औँ पटक परीक्षा दिँदैछन् ।


भारतको राजस्थानका यी वयोवृद्ध विद्यार्थीले यो पटक यो पटकको परीक्षामा भने आफुले १० कक्षाको बोर्ड परीक्षा उत्तीर्ण गर्ने आशा राखेका छन् ।


लगातार ४६ औँ पटक १० कक्षाकै परीक्षामा फेल भएर पटक पटक परीक्षा दिनु यिनका लागि सजिलो काम होइन । यिनको जिवन उसैपनि दुखपूर्ण छ । उनी दुइ महिनाकी छँदा उनकी आमाको निधन भएको थियो । उनको बुवा पनि शिवचरणलाई छिटै नै टुहुरो बनाएर परलोक भए । जिवनमा पाएको दुखलाई सम्झेर उनले एउटा कसम खाए की जबसम्म १० कक्षा पास हुँदिन तबसम्म बिहे गर्दिन ।


तर उनले खाएको यो कसम उनको जिवनमा यति महंगो हुन्छ भन्ने उनले कल्पना सम्म पनि गरेका थिएनन् । आखिर आफ्नो त्यहीँ प्रतिबद्धतालाई पूरा गर्न नसक्दा उनी ७७ वर्षसम्म अविवाहित रहनुपरेको छ । ४६ पटक परीक्षा दिँदापनि उनले १० कक्षाको बोर्ड परीक्षा पास गर्न सकेका छैनन् । उनी हरेक पटक कुनै न कुनै विषयमा चिप्लिँदै आएका छन् ।


उनी कहिले कुन विषयमा फेल हुन्छन् र कहिले कुन । अघिल्लो वर्ष पास भएको विषयमा अर्को वर्ष फेल हुन्छन् र अघिल्लो वर्ष फेल भएको विषयमा अर्को वर्ष पास । सन् १९९५ मा यादव लगभग पास भैसकेका थिए तर गणित विषयमा चिप्लिए । त्यसयता त उनी अधिकांस विषयमा फेल हुने गरेका छन् । यसपटक आफुले स्कुलका शिक्षकहरुको सहायतामा राम्रैसँग पढेको हुँदा पास हुने आशा उनको छ ।


No comments:

Post a Comment