top_rightads

Follow me on Twitter

Thursday, March 17, 2016

सुनको मूल्य स्थिर, चादीको भाउ बढ्यो !


चैत ५ । साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । हिजो बिहिबार प्रति तोला ५६ हजार ८ सयमा कारोबार भएको छापावालसुन आज शुक्रबार पनि सोहि मुल्यमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन प्रति तोला ५५ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। चांदीको मूल्य भने बढेको छ।

 आज चाँदी प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन हिजोको तुलनामा १५ रुपियाले बढी हो । नेपाल सुन चांदी व्यवसायी संघले आज शुक्रबारको कारोबारमा प्रति १० ग्राम सुनको मूल्य ४७ हजार ८ सय ४० रुपैया कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७ हजार ६ सय २५ रुपैयाँ कायम गरेको छ। त्यस्तै चांदी प्रति १० ग्रामको ६ सय ३९ रुपैयाँ कायम गरेको छ। 

No comments:

Post a Comment