top_rightads

Follow me on Twitter

Thursday, March 17, 2016

मोटरसाइकल ठोक्किएर बालकको मृत्यु


५ चैत । मोटरसाइकल सिक्ने क्रममा १४ वर्षीय बालकको मृत्यु भएको छ । मुत्यु हुनेमा गाविस पतौरा वडा नं ४ बस्ने रामआधार साहको छोरा १४ वर्षीय पवन साह रहेकोे प्रहरीले जनाएको हो  । 

आफ्नो घरमा आएको पाहुनाको बा२१प ६९०४ नंको मोटरसाइकल सिक्ने क्रममा पर्खालमा ठोकिएपछि घाइतेको उपचारका लागि जिल्ला अस्पताल गौर पठाइएको प्रहरी चौकी मौलापुरका प्रहरी सहायक निरीक्षक सतेन्द्रप्रसाद यादवले बताए  । 

निजको बुबाका अनुसार उपचारका लागि गौर अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको थियो । रासस 

No comments:

Post a Comment