top_rightads

Follow me on Twitter

Thursday, March 10, 2016

खुल्ला केन्द्रीय सदस्यको मतगणना जारी, आरक्षणको पनि आजै हुने



२७ फागुन । नेपाली काँग्रेसको १३औँ महाधिवेशनबाट खुल्ला केन्द्रीय सदस्य चयनका लागि भएको निर्वाचनको मतगणनाको काम आज पनि जारी छ । 

बुधबार साँझ ७ बजे स्थगित भएको मतगणना आज बिहान ११ बजेपछि मात्रै केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिनुभयो । बुधबार बेलुकासम्म १५० मतको गणना गरिएको थियो । आज मात्रै झन्डै ६० मतको गणना भएको र १०० पुगेपछि मात्रै सार्वजनिक गर्ने तयारी गरिएको शर्माले बताए  । 

कुल २५ खुल्ला केन्द्रीय सदस्यका लागि ९० जनाको उम्मेदवारी परेको र सबै उम्मेदवारका प्रतिनिधिहरु राखेर मतगणना गर्दा ढिलो भएको उनले बताए । दुई ठाउँमा मतगणना गर्ने भनिए पनि अहिलेसम्म एक ठाउँमा मात्रै भइरहेको छ । खुल्लातर्फको गणना जारी रहेकै बेला आजै समावेशी आरक्षणतर्फको मतगणना पनि सुरु गर्ने तयारी भइरहेको छ । 

दलित र मुस्लिम आरक्षणको मतगणना आजै गरी नतिजा पनि आजै सार्वजनिक गरिने शर्माले राससलाई जानकारी दिनुभयो । दलित तीन केन्द्रीय सदस्यका लागि २० र दलित महिलातर्फ दुई केन्द्रीय सदस्यका लागि पाँचजनाको उम्मेदवारी परेको छ । 

त्यसैगरी, मुस्लिम आरक्षणतर्फ एक पदका लागि छजना उम्मेदवार मैदानमा हुनुहुन्छ । काँग्रेसको अन्य आरक्षणमध्ये छ महिला केन्द्रीय सदस्य पदका लागि ३८, प्रत्येक प्रदेशमा हुने दुई केन्द्रीय सदस्यका लागि प्रदेश नं १ मा १३, प्रदेश नं २ मा पाँच, प्रदेश नं ३ मा १८, प्रदेश नं ४ मा नौ, प्रदेश नं ५ मा १०, प्रदेश नं ६ मा पाँच र प्रदेश नं ७ मा सातजना उम्मेदवार छन् । 

त्यसैगरी आरक्षणमा आदिवासी जनजातितर्फ तीन केन्द्रीय सदस्यका लागि ४०, आदिवासी जनजाति महिलातर्फका दुई केन्द्रीय सदस्यका लागि १२, मधेसी आरक्षणतर्फ तीनका लागि १५ र मधेसी महिलाका लागि नौजना उम्मेदवार प्रतिस्पर्धामा छन् । महाधिवेशनबाट पार्टीका सभापतिमा शेरबहादुर देउवा, महामन्त्रीमा डा शशाङ्क कोइराला र कोषाध्यक्षमा सीतादेवी यादव विजयी भएका  छन्  । रासस 

No comments:

Post a Comment