top_rightads

Follow me on Twitter

Sunday, March 13, 2016

असिनापानीले गहुँ र मसुरो बालीमा व्यापक क्षति


१ चैत । गए राति परेको असिना पानीका कारण कञ्चनपुरका कृषकले लगाएको गहुँ र मसुरो बालीमा व्यापक क्षति पुगेको छ । 

जिल्लाको बेदकोट, झलारी पिपलाडी, देखतभूली, शङ्करपुरलगायत क्षेत्रका कृषकले असिना पानीका कारण बढी क्षति व्यहोरेका छन् । 

पाक्नै लागेको गहुँबाली र मसुरो बालीमा असिना पानी पर्दा बाली बिग्रिएको झलारी पिपलाडी–३ का कृषक मनिराम चौधरीले बताए  । 

गहुँको बाला पूरै असिनाका कारण थिचिएकाले उत्पादनमा निकै गिरावट आउने उनले बताए । तरकारी बालीमा समेत असिना पानीले क्षति पु¥याएको कृषक वसन्ती चौधरीले बताइन  । 

लहरे तरकारी बालीमा असिना पानीले बढी क्षति पु¥याएको छ उनले भने , “फुल्नै लागेको काँक्रा, फर्सी, तितेकरेला, लौकालगायतका बालीमा क्षति भएपछि लगानी खेर गएको छ ।” 

कृषि सेवा केन्द्र झलारीका कृषि प्राविधिक मनि नाथले असिना पानीले क्षति पु¥याएको कृषकबाट गुनासो आइरहेकाले क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको बताए । रासस 

No comments:

Post a Comment