top_rightads

Follow me on Twitter

Monday, March 14, 2016

नामिबियासँगको खेलका लागि नेपाली क्रिकेट टिम अभ्यासमा

काठमाडौं, चैत १ – राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयले बजेट दिएपछि नामिबियासँग हुने क्रिकेटको लागि नेपाली टोलीले अभ्यास थालेको छ ।

विवाद समाधान नभएपछि नेपाल क्रिकेट संघ क्यानले क्रिकेटका कुनै गतिविधी नगरेका कारण आउँदो वैशाख ४ र ६ गते नामिबियासँग हुने आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीमा समस्या भएको थियो । तर ठूलो प्रयासपछि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेदकुद परिषदबाट १८ लाख रुपैयाँ पाएकाले अभ्यास सुरु गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले बताउनुभयो । ‘क्यानको कुन टिमले काम गर्ने फिक्स नभएपछि मैले नै मन्त्रालय र परिषदमा निवेदन दिएको थिएँ, तत्कालै १८ लाख सहयोग आएकाले अभ्यास सुरु भएको छ’ राष्ट्रिय टोलीका प्रशिक्षक टमाटाले भन्नुभयो ‘ढिलै भएपनि सहयोग आयो र खेलाडीले कडा मेहनत गरेका छन,रामै्र होला नी ।’
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा चार दिन सामान्य अभ्यास भएपनि सोमबारदेखि भिन्न भिन्न टिम नै बनाएर प्रभावकारी अभ्यास खेल सुरु हुने पनि प्रशिक्षक टमाटाले जानकारी दिनुभयो ।
केन्या, नेदरल्याण्ड, हककङ, युएइ, स्कटल्याण्ड गरि ६ देशले खेल्ने आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका शिर्ष चार टोलीले सन् २०१८ मा हुने विश्वकपको छनौट खेल्न पाउछन् ।
तर नेपालले स्कटल्याण्सँग र पपुवान्युगिनीसँग चार वटै खेल हारिसकेको छ भने सुरक्षा र गतिलो मैदान नभएका कारण यसअघि कीर्तिपुरमा हुने पक्का भएको नामिबियासँगको खेल नेपालमा हुनेमा अन्यौल छ ।

No comments:

Post a Comment