१ चैत, काठमाडौं ।
अहिलेका राजनीतिक दलहरुले केही गर्न नसक्ने र नयाँ गर्न नयाँ शक्ति नै चाहिने भन्दै ०७२ फागुन ९ गते नयाँ शक्ति निर्माण अभियान घोषणा गरेका डा. बाबुराम भट्टराईको नयाँ शक्तिले साँच्चै आफ्नो उद्देश्यअनुसार काम गर्छ कि गर्दैन, थाहा छैन ।
तर, उसले पार्टीको झण्डा बनाउँदा ने एउटा पार्टीको युवा संगठनको झण्डा हुबहु चोरेको सार्वजनिक गरेपछि उसको व्यापक आलोचना सुरु भएको छ । सामाजिक सञ्जालमा त यसलाई लिएर फन्डा नै गरिएको छ ।
नयाँ शक्ति नेपालले सार्वजनिक गरेको पार्टीको झण्डा बाबुराम भट्टराईले त्यागेको पार्टी एमोओवादीको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को झण्डासँग हुबहु मिलेपछि चौतर्फी आलोचना भएको हो ।
फागुन ३० गते मात्रै आफ्नो झण्डा सार्वजनिक गरेको हो । नयाँ शक्तिले झण्डा र लोगोका लागि केही समयपहिले फेसबुकमा सझाव नै मागेको थियो, साँघु साप्ताहिकले खबर लेखेको छ ।
No comments:
Post a Comment