top_rightads

Follow me on Twitter

Monday, March 14, 2016

विमान हरायो

१ चैत, एजेन्सी ।युनाइटेड अरब इमिरेट्स(युएई)को यमनमा हाउथी विद्रोही  विरुद्ध लड्न गएको एक लडाकु विमान हराएको बताएको छ। युएईको सरकारी समचार सस्था इमिरेट्स न्युज एजेन्सीले थप विवरण नदिइकन यस्तो समाचार सार्वजनिक गरेको हो।

साउदी अरबले नेतृत्व गरेको यमनमा जारी हवाई आक्रमणमा युएई पनि सहभागी रहँदै आएको छ। सन २०१५ मार्च यता यमनमा राष्ट्रपति अबेड्राबो मनसुतको समर्थनमा साउदी अरब लगायतका देशहरुले लगातार हाउथी विद्रोहीमाथि आक्रमण गरिरहेका छन्।

यमनमा चलेको लडाईमा हालसम्म ६ हजार मानिसले ज्यान गुमाइसकेका छन्। यमनमा आक्रमणमा युएईको को यो पहिलो ठुलो क्षति हो।

No comments:

Post a Comment