top_rightads

Follow me on Twitter

Monday, March 14, 2016

अमेरिका र रसियामा कुन बढि शक्तिशाली ?

 एजेन्सी।

सोभियत संघको विघटनपछी सकिएको अमेरिका रसिया शीत युद्ध फेरी नयाँ ढंगले शुुरु भएको छ। हालै रसियाले सिरियामा गरेको कारवाहीले रसिया र अमेरिका नयाँ दन्द्धतर्फ उन्मुख भइरहेको जानकार बताउँछन्।

अमेरिकी नेतृत्वको नाटोलाई छायाँमा पार्ने गरेको भएको रसियाको सिरियामाथिको कारवाहीका अनेका आयाम र अर्थहरु खोज्ने क्रम पनि जारी छ। त्यसपछि रसियाको क्रिमिया विलय, र युक्रेनमाथिको दबाबलाई पनि यसको पुष्ठभुमिका रुपमा हेरिएको छ।


खासगरि रसियन राष्ट्रपति भ्लादिमिर पुटिनको आक्रामक रणनीतिले अमेरिकामाथि दबाब बढाउँदै लगेको जानाकारहरु बताउँछन् । अमेरिका र रसिया एक अापसकमा टकरावमा उत्रदै गर्दा तेस्रो विश्वयुद्ध सम्मका आँकलन गरिएका छन्।


तर मानिसमा अमेरिका र रसियामा को शक्तिशाली भन्ने प्रश्न छन् । आर्थिक रुपमा विना सन्देह अमेरिका शक्तिमान भएपनि आणविक हतियारका कुरा आऊँदा रसियालाई रत्तिभर पनि कम आँकलन गर्न सकिन्न।

आखिर हतियारकै मात्र कुरा गर्दा अमेरिका र रसियाको वास्तविक हैसियत के छ त ?
हामीले यहाँ दुइ देशका सैनिका सामर्थ्यका तुलना गरेका छौ।

ग्लोबल फायरपावर र्याङ्क (GFP rank) ले देशको सैन्य शक्तिको आकँडा दिन्छ। हावा, पानी अनि जमिनमा कुनै देशको सम्भावित युद्ध शक्तिमा कति सामर्थ्य छ यो आकँडाले देखाउँछ।
ग्लोबक फायरपावर र्याङ्कमा पहिलो नम्बरमा अमेरिका छ। रसिया दोस्रो नम्बरमा छ।

अमेरिका र रुसको तुलना:

कुल जनसंङ्ख्या: ३२१,३६८,८६४ र १४२,४२३,७७३
काम गर्न सक्ने जनसङ्ख्या: १४५,२१५,००० र ७०,०००,०००
वर्षेनि सैन्य उमेर पुग्ने जनसङख्या: ४,२२०,००० र १,३५५,०००
सक्रिय सैन्य सङ्ख्या: १,४००,००० र ७६६,०५५
सक्रिय सैन्य रिजर्भ: १,१००,००० र २,४८५,०००
वायु यान (सबैप्रकारका): १३,४४४ र ३,५४७
हेलिकप्टर: ६,०८४ र १,२३७
युद्धक हेलिकप्टर: ९५७ र ४७८
युद्धक हेलिकप्टर (फिक्स्ड विङ): २,७८५ र १,४३८
यात्रुवहाक विमान: ५,७३९ र १,१२४
फाइटर विमान: २,३०८ र ७५१
एयरपोर्ट: १३,५१३ र १,२१८
ट्याङ्क: ८,८४८ र १५,३९८
आर्टिलरी: १,२९९ र ४,६२५
सबमरिन: ७५ र ६०
फ्रिगेट्स: ६ र ४
डिस्ट्रोयर: ६२ र १५
कर्भेट्स: ० र ८१
ऋण(अमेरिकी डलर): १७,२६०,०००,०००,००० र ५९९,०००,०००,०००
वार्षिक सुरक्षा बजेट (अमेरिकी डलर): ५८१,०००,०००,००० र ४६,६००,०००,०००
रिजर्भ सुन (अमेरिकी डलर): १३०,१००,०००,००० र ३७७,८००,०००,०००
तेल उत्पादन (ब्यारेल प्रति दिन): ८,६५३,००० ब्यारेल र १०,११०,००० ब्यारेल
तेल खपत (ब्यारेल प्रति दिन): १९,०००,००० ब्यारेल र ३,३२०,००० ब्यारेल
थाहा भएको तेल भण्डार (ब्यारेल): ३६,५२०,०००,००० ब्यारेल र ८०,०००,०००,००० ब्यारेल
सडल लम्बाई (किलोमिटर): ६,५८६,६१० र ९८२,०००
nepaliheadlinesबाट

No comments:

Post a Comment