top_rightads

Follow me on Twitter

Monday, March 14, 2016

काठमाडौँ स्तम्भको निर्माण सुरु

काठमाडौँ, १ चैत । पुरानो बसपार्कमा काठमाडौँ स्तम्भ निर्माणको काम अघि बढेको छ । 

काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङका अनुसार निर्माणको काम आइतबारदेखि सुरु भएको हो । बाह्रतले सो भवन पूर्ण रुपमा भूकम्प प्रतिरोधात्मक बनाइने तामाङले बताउनुभयो । सो सुविधासम्पन्न भवनको विस्तृत अध्ययन प्रतिवेदन तथा वातावरणीय प्रभाव मूल्याङ्कनसमेत तयार भइसकेको छ । 

रु तीन अर्ब ५० करोडको लागतमा स्तम्भ निर्माणको जिम्मा जलेश्वर स्वछन्द विकोइ विल्डर्स प्रालिले पाएको छ । काम सुरु भएको पाँच वर्षभित्र सो स्तम्भ बनाइसक्नुपर्ने सम्झौता भएको छ । रासस 

No comments:

Post a Comment