top_rightads

Follow me on Twitter

Monday, March 14, 2016

संचालनमा आएको दोस्रो दिनमै हाइटेक बसमाथि ढुंगा प्रहार

फाईल फोटो 

 काठमान्डूका सडकमा गुड्न थालेको  दोस्रो दिनमै  सुबिधासम्पन्न हाइटेक बसमाथि  ढुंगा प्रहार भएको छ ।  महानगर यातायात प्राइभेट लिमिटेडले संचालनमा ल्याएको   बा ४ ख १०६ नम्बरको बसमा मध्यान्ह बल्खु चोकमा  ढुंगा प्रहार गरिएको हो  । 

ढुंगा प्रहारबाट बसको एउटा सिसा फुटेको छ। बसका सहचालक नारायणप्रसाद सुवेदीले ढुंगा बस रोक्न लागेको बेला ढुंगा प्रहार भएको बताए। महानगर यातायात प्रालिका अध्यक्ष मधुसुदन अधिकारीले भने अहिले सम्म कस्ले ढुङ्गा हान्यो भन्ने बारेमा कुनै पत्ता नलागेको बताए। रिङरोडमा बस र माइक्रो चलाइरहेका सिन्डिकेटहरुले नै बसमा ढुंगा हानेको अनुमान छ । हिजो एक औपचारिक कार्यक्रम गरि १० वटा बस सेवा संचालन गरिए पनि आजबाट प्रालीले ल्याएका ३९ वटै बस संचालनमा आएका छन् । 

No comments:

Post a Comment