top_rightads

Follow me on Twitter

Monday, March 14, 2016

नक्कली स्टाफ नर्सविरुद्ध अख्तियारद्वारा मुद्दा दायर



काठमाडौँ, १ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी स्टाफ नर्सको सेवा सुरु गरेको भन्दै गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा कार्यरत उषा शर्मा यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता कृष्णहरि पुस्करकाअनुसार यादवले नियुक्ति प्रयोजनका लागि पेस गरेको विहार विद्यालय परीक्षा समिति पटना भारतबाट सन् १९९६ मा माध्यामिक तह उत्तीर्ण गरेको भनिएको प्रमाणपत्र नक्कली पाइएको हो । आयोगले यादवलाई हदैसम्मको कारबाहीको माग गरेको छ । रासस

No comments:

Post a Comment