काठमान्डौ ,२ चैत । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रिय समितिमा खुमबहादुर खड्का ‘किङ मेकर’ बन्ने देखिएको छ ।
उनी खुलातर्फको केन्द्रीय सदस्यमा शेखर कोइरालाभन्दा २ मत ल्याएर दोस्रो मात्र बनेनन् आफू निकटका ५ जनालाई केन्ऽीय सदस्यमा जिताउन पनि सफल भएका छन् । यसले पनि अवको केन्द्रीय समितिको हरेक निर्णयमा खड्का हावी हुने देखिन्छ ।
सदस्यमा विजयी भएका शंकर भण्डारी, पुष्पा भुसाल, अजय चौरसिया, मोहन बस्नेत र देबेन्द्रराज कँडेल खड्कानिकट केन्द्रीय सदस्य हुन् ।देउवालाई पार्टी सभापति बनाउन पनि खड्काले ठूलै भूमिका निर्वाह गरे । बिरामीका बबजुद उनले सभापतिको दोस्रो चरणको निर्वाचनमा फिल्डमै उत्रिएर मत मागेका थिए ।आजको राजधानी दैनिकमा समाचार छ ।
No comments:
Post a Comment