top_rightads

Follow me on Twitter

Monday, March 14, 2016

कांग्रेस महाधिवेशनमा नगएको भन्दै महिलाको अपहरण

काठमान्डू ,२ चैत  । कांग्रेस महाधिवेशनमा नगएको विषयलाई लिएर मोरङको डाँगीहाट ९ की एक युवतीलाई अपहरण गरी दुई दिनसम्म बन्धक बनाएर यातना दिएको खुल्न आएको छ ।डाँगीहाट ९ की २३ वर्षीया नरमाया बिष्टले अपहरण मुक्त हुन ५० हजार रुपैयाँ फिरौतीसमेत बुझाउनु परेको अनुसन्धानमा संलग्न प्रहरीले जनाएको  छ ।

प्रहरी निरीक्षक मेघराज थापाका अनुसार डाँगीहाट ९ की बिष्टलाई कांग्रेसको महाधिवेशनमा जाने भनेर हिँडेपछि बीच बाटोमै छाडेर धोका दिएको भन्दै धनकुटाको भेडेटार ४ स्थित गि्रन हेवन होटेलकी सञ्चालिका रीता भनिने खिमकुमारी लिम्बू (कार्की)ले भाडामा गुण्डाको प्रयोग गरेर अपहरण गर्दै बन्धक बनाएर यातना दिन लगाएकी हुन् ।खिमकुमारीले भेडेटारमा रहेको आफ्नै होटलमा बन्धक बनाएर दुई दिनसम्म केही खान नदिई कुटपिट गर्न लगाएको प्रहरीले जनाएको छ । कुटपिटबाट युवतीको शरीरभर नीलडाम छ ।आजको अन्नपूर्णमा समाचार छ ।

No comments:

Post a Comment