२७ फागुन । चितवनको रत्ननगरमा ट्र्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
बुधबार साँझ भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा ज्यान गएको हो ।
रत्ननगरको निप्पनीबाट सौराहातर्फ जाँदै गरेको ना ३ त ५७४३ नंको ट्र्याक्टरले ना ३३ प ९५३५ नंको मोटरसाइकललाई चित्रसारी नजिकै ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा परी भरतपुर–७ बस्ने ३८ वर्षीय केदार वाग्लेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका वाग्लेको उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ ।
शव भरतपुर अस्पतालमा राखिएको छ । ट्र्याक्टर र चालकलाई इलाका प्रहरी कार्यालय, रत्ननगरमा राखिएको प्रहरीले जनाएको छ । रासस
No comments:
Post a Comment