top_rightads

Follow me on Twitter

Wednesday, March 9, 2016

‘भूकम्प स्मृति पार्क’ बनाइने



२७ फागुन । भूकम्पसँगै आएको पहिरोमा परी मृत्यु भएका बासिन्दाको सम्झना गर्दै लाङ्टाङमा ‘भूकम्प स्मृति पार्क’ बनाउने कार्ययोजना स्वीकृत भएको बताएको छ । 

गत वैशाख १२ को विनाशकारी भूकम्पले हिमाल हल्लाउँदा झरेको पहिरोले लाङ्टाङभित्रको लाङ्टाङ गाउँ पुरिँदा १७५ स्थानीयवासीलगायत ठूलो सङ्ख्यामा मानिसको मृत्यु भएकाले उनीहरुको सम्झना गर्दै भूकम्प स्मृति पार्क बनाउन जिल्ला परिषद्ले कार्यनीति स्वीकृत गरिसकेको जिल्ला विकास समिति, रसुवाले जनाएको हो  । 

भूकम्प स्मृति पार्क कस्तो मोडलमा बनाउने सम्बन्धमा प्राविधिक अध्ययन भइरहेको बताइएको छ । 

यस्तै, लाङ्टाङ राष्ट्रिय निकुञ्जको संरक्षणमा सहकार्य गर्दै आएको मध्यवर्ती क्षेत्र सहयोग आयोजना, डब्लुडब्लुएफ र सोही आयोजनाअन्तर्गत काम गर्ने हरियो वन कार्यक्रमले पनि लाङ्टाङमा स्मृति पार्क बनाउने घोषणा गरिसकेको निकुञ्जले जनाएको हो । रासस 

No comments:

Post a Comment