top_rightads

Follow me on Twitter

Friday, March 18, 2016

मधेसका समस्या समाधान गर्न कांग्रेसले वार्ता थाल्ने



काठमाडौँ, ६ चैत्र- प्रमुख विपक्षी एवं संसदको ठूलो दल नेपाली कांग्रेसले मधेस समस्या समाधान गरी संविधान कार्यान्वयनका गर्न आफ्नो पार्टीको नेतृत्वमा राजनीतिक पहलकदमी सुरु गर्ने भएको छ। 

नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले मधेसको असन्तुष्टि सम्बोधन गरी संविधान कार्यान्वयन गर्न मधेसीसहित सवै दलसित वार्ता सुरु गर्ने निर्णय गरेको हो।

 संविधानसभाबाट जारी संविधानप्रति असन्तुष्ट दल र समुदायको माग सम्बोधन नगरी स्थानीय निकाय, प्रदेश संसद र केन्द्रीय संसदको चुनाव गरी संविधान कार्यान्वयन गर्न नसकिने निष्कर्ष निकाल्दै कांग्रेस बैठकले नयाँ राजनीतिक समझदारी कायम गर्ने निर्णय गरेको केन्द्रीय सदस्य नविन्द्रराज जोशीले जानकारी दिए।


कान्तिपुर दैनिकमा समाचार छ।

No comments:

Post a Comment