top_rightads

Follow me on Twitter

Wednesday, March 16, 2016

पार्टीलाई एक ढिक्का बनाएर लैजान्छु : सभापति देउवा


 ३ चैत । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र देखिएको गुट–उपगुटको अन्त्य गर्दै पार्टीलाई एक ढिक्का बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्  । 

नेपाली काँग्रेस जिल्ला कार्य समिति काठमाडौँ शाखाले आज आयोजना गरेको १३ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सभापति, पदाधिकारी एवम् सदस्यलाई बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा सभापति देउवाले पार्टी भागबन्डाभन्दा पनि काँग्रेस एक ढिक्का बनाउनुपर्छ भनेका छन्  । 

“नयाँ संविधान निर्माण भए पनि सङ्घीयताको सवालमा सीमाङ्कनबारे मधेसी समुदायको असन्तुष्टि छ, त्यसलाई समाधान गर्दै संविधान कार्यान्वयन गर्नु चुनौतीपूर्ण छ, त्यसको नेतृत्व अब काँग्रेसले गर्नुपर्छ ।”–सभापति देउवाले भने  । 

नवनिर्वाचित महामन्त्री डा शशाङ्क कोइरालाले विजय हुनेको त यसै पनि इतिहास लेखिन्छ, तर काँग्रेसले पराजय हुनेको इतिहास लेख्न सक्नुपर्छ भनेका छन्  । “पहिला नेताले कार्यकर्ता खोज्थे, तर अहिले कार्यकर्ताले नेता खोजिरहेका छन्, काँग्रेस यस्तो हुनुहँुदैन" उनले भने । 

केन्द्रीय सदस्य प्रकाशमान सिंहले मनोनीत केन्द्रीय सदस्यमा पराजय हुनेलाई मात्र स्थान दिनेभन्दा पनि सही मान्छे छान्नका लागि नेतृत्वलाई आग्रह गरे  । उनले लामो समयदेखि हुन नसकेको काँग्रेसका भ्रातृ सङ्गठनको निर्वाचन जतिसक्दो चाँडो गर्नुपर्ने बताएका छन्  । 

काँग्रेस काठमाडौँ शाखा सभापति कृष्ण सबुज बाँनियाले पार्टीभित्रको राजनीतिक भागबन्डाको अन्त्य गरिनुपर्ने माग गरेका छन्  । रासस 

No comments:

Post a Comment