top_rightads

Follow me on Twitter

Saturday, March 19, 2016

आन्दोलनकारीप्रति सहिष्णु हुनुपर्छ : पूर्वराष्ट्रपति रामबरण यादव !


 ६ चैत । पूर्वराष्ट्रपति डा रामवरण यादवले सरकार आन्दोलनकारी दलप्रति सहिष्णु हुनुपर्ने बताउनुभएको छ । 

जनकपुरवासीले आज राजधानीमा आयोजना गरेको होलीको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले मुलुकमा जनतान्त्रिक गणतन्त्र नभई लोकतान्त्रिक गणतन्त्र भएकाले सबैका कुरा सरकारले सुन्नुपर्नेमा जोड दिनुभयो । 

“मधेसमा उत्पन्न असन्तुष्टिलाई दबाउन खोजेर हुँदैन । सरकार, सरकार पक्षीय दल र सरकार बाहिरका दल सबैले उनीहरुको कुरालाई सुन्नुपर्दछ”– उहाँले भन्नुभयो । 

उहाँले तराई र पहाडबीच अहिले ठूलो खाडल सिर्जना गर्ने प्रयास भइरहेको भन्दै त्यसलाई चिर्ने अभियान चलाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो । चुरे पहाड र मधेसको जनजीवन घनिष्ट सम्बन्ध रहेको स्पष्ट पार्दै चरेको जमिन, जल र जङ्गल जोगाउन नसकेमा तराईमा काकाकुलको अवस्था आउने बताउनुभयो । उहाँले चुरे जोगाउनका लागि आफूले केही महिनाभित्रमा मेचीदेखि महाकालीसम्म चेतनामूलक अभियान चलाउने तयारी गरिरहेको जानकारी दिनुभयो । 

कार्यक्रममा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीले जनकपुर क्षेत्रको प्राचीन संस्कृतिलाई मुलुककै सम्पत्ति भएकाले जोगाइराख्न युवालाई आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो । 

अर्का पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद शाहले राजनीतिक तथा सांस्कृतिक दुवै दृष्टिकोणले जनकपुर अग्रस्थानमा रहेकाले अहिलेको पुस्ताले पनि त्यसलाई कायम राख्ने विश्वास व्यक्त गर्नुभयो । 

पूर्वन्यायाधीशद्वय कमलनयन दास, गिरीशचन्द्र लाल, काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा सुरेशराज शर्मालगायतले पनि जनकपुरीयाले काठमाडौँमा यस्ता कार्यक्रम आयोजना गर्दा तराई र पहाडको सम्बन्धलाई बलियो बनाउन सहयोग पुग्ने बताउनुभएको थियो । रासस 

No comments:

Post a Comment