Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Friday, March 18, 2016
गोर्खा सैनिकमाथिको विभेदबारे ध्यानाकर्षण
५ चैत । भूपू गोर्खा सैनिक सङ्घ (गेसो)ले बेलायतका राजकुमार ह्यारीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा आज यहाँस्थित बेलायती दूतावासमा ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्र बुझाउनुअघि गेसोले लैनचौरस्थित सडक किनारामा केहीबेर प्रदर्शनी समेत गरेको थियो ।
गोर्खा सैनिकका नाममा पहिलो र दोस्रो युद्धमा होमिएका नेपाली युवा कुन कुन युद्धमा के कति परेका थिए भन्ने विषय तथा समान कार्यमा रहेका नेपाली र बेलायती सैनिकलाई सुविधामा किन विभेद भइरहेको छ भनी ध्यानाकर्षण गराउन प्रदर्शनी गरिएको गेसोले जनाएको छ ।
गेसोका अध्यक्ष पदमबहादुर गुरुङले भन्नुभयो– “२०० वर्षअघिदेखि गोर्खालीका नाममा हाम्रा बाजे, बराजुलाई भर्ती गर्ने काम भयो, यो अवधिमा ६० हजार नेपाली बेपत्ता भएका छन्, कुन कुन युद्धमा त्यो क्षति भएको हो, जानकारी मात्र माग्ने कुरा गरेका हौँ ।”
गेसोकै सदस्य डम्बरबहादुर तुम्बाहाम्फेले समान कामको समान सुविधा पाउनुपर्छ भन्ने मान्यता विपरीत गोर्खा सैनिकमा रहेका नेपालीले प्राप्त गर्ने सेवासुविधालाई समान गरियोस् भनी आफूहरुले माग गर्दै आएको बताउनुभयो ।
नेपालमा अहिले ३० हजारको हाराहारीमा भूपू गोर्खा सैनिक रहेको र करिब तीन हजार ५०० बेलायती सेनामा कार्यरत रहेको गेसोले जनाएको छ । रासस
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment