top_rightads

Follow me on Twitter

Wednesday, March 9, 2016

चीनबाट ३० वटा विद्युतीय बस (इ–बस) ल्याइदैँ



चीनबाट ल्याउने तयारीमा रहेको अपाङ्गमैत्री विद्युतीय बस (इ–बस) का लागि काठमाडौँ उपत्यकाको भौगोलिक अध्ययन सकिएको छ । तर पूर्णरुपमा अध्ययन प्रतिवेदन आउन बाँकी छ । 

काठमाडौँ महानगरपालिकाले ल्याउन लागेको उक्त बस नेपालको भौगोलिक बनावटअनुसार सुहाउँदो छ वा छैन भनेर भौगोलिक अध्ययन गरिएको महानगरपालिकाले जनाएको छ । “चार दिनअघि चीनको मोटर कम्पनी सिआरआरसिटीका चिनियाँ प्रतिनिधि आई उपत्यकाका विभिन्न स्थानको अध्ययन गरिसकेको र अध्ययन प्रतिवेदनमात्र आउन बाँकी रहेको छ ।” महानगरपालिकाअन्तर्गत राजस्व महाशाखा प्रमुख महेश काफ्लेले भने – “केही दिनमा प्रतिवेदन आउनेछ । सोहीअनुरुप बस ल्याउने गृहकार्य सुरु हुन्छ ।” 

काफ्लेका अनुसार अध्ययन प्रतिवेदनअनुसार मात्र सिआरआरसिटीले इ–बस उपलब्ध गराउनेछ । सुरुमा ३० बस ल्याउन लागिएको छ । ल्याइने बसमध्ये २० महानगरले किन्नेछ भने १० वटा चीन सरकारले अनुदानमा दिनेछ । 

सो विद्युतीय बस एकपटक विद्युतीय चार्ज गरेपछि २०० किमी चल्छ । उक्त बस पूरा चार्ज गर्न तीन घन्टा लाग्ने बताइएको छ । 

चीनले ३५ सिट क्षमताको विद्युतीय मिनीबस सहयोगको प्रस्ताव गरेको महानगरले भने कम्तीमा ४० सिट भएको बस उपलब्ध गराउन आग्रह गरेको छ । सानो बस ल्याउँदा भन्सार छुटमा समस्या हुने र थोरै यात्रु अट्ने भएकाले पनि बढी सिट भएको बस ल्याउनका लागि गृहकार्य भइरहेको महानगरपालिकाले जनाएको छ । 

शारीरिक रूपमा अशक्त व्यक्तिले पनि प्रयोग गर्नुपर्ने भएकाले सहजताका लागि महानगरपालिकाले उक्लने तथा ओर्लने गरी दुई ढोकासहितको बस माग गरेको छ । विद्युतीय एक बसको मूल्य करिब रु एक करोड हुनेछ । 

समयसमयमा हुने गरेको इन्धन अभावले गर्दा यस किसिमको बस ल्याउन लागिएको हो । उपत्यकामा राम्रोसँग बस सञ्चालन गर्न सकिएमा केही समयपछि उपत्यका बाहिर पनि बस सञ्चालन गर्न सकिने बताइएको छ । रासस 

No comments:

Post a Comment