किड्नी फाउन्डेसनले आयोजना गरेको र्याली दरबारमार्गबाट सुरु भई कमलादी, पुतलीसडक, पद्मोदय घुम्ती हुँदै भृकुटीमण्डपमा पुगेर टुङ्गिएको थियो ।
र्यालीमा चलचित्र क्षेत्रका कलाकार, विद्यार्थी र सर्वसाधारणको समेत सहभागिता रहेको थियो । सहभागीले ‘मिर्गौला बचाऔँ’ र ‘मिर्गौला बचाउन खानपानमा ध्यान दिऊँ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
र्यालीलाई सम्बोधन गर्दै उद्योग राज्यमन्त्री मेघराज नेपाली ‘निषाद’ले नेपालको सन्दर्भमा मिर्गौला प्रत्यारोपणसम्बन्धी भएका ऐन/कानुनलाई सुधार गर्नुपर्नेमा जोड दिए ।
किड्नी फाउन्डेसनका प्रमुख सल्लाहकार नीलकण्ठ उपे्रतीले मिर्गौलाको उपचार अत्यन्त महँगो भएका कारण पनि यो रोगबाट बच्नका लागि सचेतना फैलाउनुपर्ने धारणा राखे ।
फाउन्डेसनका अध्यक्ष डा शक्ति बस्नेतले नेपालमा करिब ३० लाख मानिसलाई मिर्गौलासम्बन्धी कुनै न कुनै रोग लाग्ने गरेको बताए । रासस
No comments:
Post a Comment