top_rightads

Follow me on Twitter

Wednesday, March 9, 2016

एनसेलले ल्यायो ग्राहकलाई उपहार दिने योजना



फागुन २७ । निजि क्षेत्रबाट संचालित मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले  हरेक दिन हरेक ग्राहकलाई उपहार दिने  घोषणा गरेको छ । देशकै अग्रणी कम्पनीले आफ्ना ग्राहकका लागि ल्याएको  ‘एनसेलको बहार, सबैलाई उपहार’ नामक नयाँ योजना अन्तर्गत सबैलाई हरेक दिन उपहार दिने भएको हो ।योजना अन्तर्गत  एनसेलका ग्राहकले अब ९० दिनसम्म हरेक दिन आकर्षक उपहार पाउन सक्छन् ।

यो सेवा सुचारु गर्न के गर्नुपर्छ?
 १७१२४ मा निःशुल्क डायल गरी तपाईंले यो सेवा सुचारु गर्न सक्नुहुन्छ । यो सेवा अन्तर्गत पाउने दैनिक उपहारहरु के–के हुन्? यो सेवा अन्तर्गत निम्न उपहारहरु पाउन सकिन्छ:
  •  ९ MB डाटा
  •  ६ MB डाटा
  •  ३ MB डाटा
  •  ५ मिनेट एनसेल नेटवर्कभित्र
  •  १० एसएमएस/एमएमएस
  •  रु. १० रात्री एसएमएस
  •  रु. १० रात्री voice बोनस
  •  रु. १० रात्री बोनस
  •  रु. ५० बोनस
  •  रु. २५ बोनस
  •  रु. १५ बोनस
  •  रु. १० बोनस
  •  रु. ५ बोनस
  •  रु. ५ voice, एसएमएस तथा डाटा
  •  रु. ५ voice बोनस
  •  ५ एसएमएस ।


 के हरेक दिन फरक फरक उपहार पाइन्छ?
 होइन, माथि दिइएका मध्ये एउटै उपहार हरेक दिन ९० दिनसम्म पाइन्छ ।

 के यो सेवा हरेक दिन सुचारु गर्नुपर्छ?
 यो सेवा एक पटक सुचारु गरेपछि ९० दिनसम्म मान्य हुन्छ ।

के यो सेवा प्रिपेड र पोष्टपेड दुवैमा उपलब्ध छ?
 यो सेवा प्रिपेड र पोष्टपेड दुवै सिममा उपलब्ध छ ।

 हरेक दिन पाइने उपहार कति समयलाई मान्य हुनेछ?
 हरेक दिन पाइने उपहार सोही राती १२ बजेसम्म मान्य हुनेछ ।

 यो सेवा कहिलेसम्मलाई मान्य छ?
 यो सेवा २४ ज्येष्ठ, २०७३ सम्मलाई मान्य छ । 

No comments:

Post a Comment