top_rightads

Follow me on Twitter

Wednesday, March 9, 2016

नाकाबन्दी फिर्ता हुँदा पनि औषधिको हाहाकार



२७ फागुन । लामो समयदेखि जारी रहेको नाकाबन्दी हटे पनि कपिलवस्तुका स्वास्थ्य संस्थामा औषधिको चरम अभाव कायमै छ । 

सिटामोल, आइरन चक्की, कुष्टरोग र क्षयरोगको सीमित औषधि मात्र स्वास्थ्य संस्थामा रहेको छ । त्यो पनि केही दिन मै सिद्धिदै छ । अत्यावश्यक जीवनजल, डाइजिन एन्टीबाइटीक, मेट्रो, कोट्रिन औषधि सकिएको पनि धेरै समय भयो । 

लामो समयदेखि औषधि अभाव भएका बेला स्वास्थ्य संस्थामा आपूर्ति नहँुदा सरकारी अस्पताल, प्राथमिक उपचार केन्द्र, स्वास्थ्य चौकीलगायतका सरकारी स्वास्थ्य संस्था अहिले औषधिबिहीन बनेका हुन् । स्वास्थ्य संस्थामा औषधि नहँुदा बिरामी मर्कामा परेका छन् । 

औषधि नपाएपछि उनीहरु निराश बनेर फर्कन बाध्य छन् । सरकारी स्वास्थ्य संस्थामा औषधि आपुर्ति गर्ने जिल्ला स्वास्थ्य कार्यालयमा समेत औषधिको मौज्दात सकिएको छ । जसले गर्दा स्वास्थ्य संस्थामा औषधिको आपूर्तिसमेत बन्द भएको स्वास्थ्य कार्यालयको स्टोर फाटले जनाएको छ । 

लामो समयको बन्दले गर्दा केन्द्रिय र क्षेत्रीय मेडिकलले औषधिको आपूर्ति नगरेकोले जिल्लामा औषधिको चरम अभाव नहटेको स्टोरकिपर मेघनाथ खनालले बताउनु भयो । बन्दले गर्दा चालु आर्थिक वर्षको औषधि खरिद सम्बन्धी टेण्डर प्रकृयासमेत ढिलो भएकोले समेत जटिलता थपिएको उनको भनाइ छ । 

औषधि नहँुदा जिल्लाका तीन सरकारी अस्पताल, दुई प्राथमिक उपचार केन्द्र, छ दर्जन बढी स्वास्थ्य चौकीमा उपचारमा समस्या आएको स्वास्थ्य कार्यालयले जनाएको छ । गर्मीको मौसम सुरु भएकाले झाडापखाला, ज्वरो, आँखाका बिरामी स्वास्थ्य संस्थामा उपचारका लागि आउने गरेका छन् । रासस 

No comments:

Post a Comment