२७ फागुन । झडेवाको देउगीरमा कुखुरामा रानीखेत रोगको सङ्क्रमण भेटिएको छ ।
किसानले पालेका स्थानीय जातका १७ वटा कुखुरा रानीखेत रोगको सङ्क्रमणले मरेका छन् ।
मरेका कुखुराको परीक्षणपछि रानीखेत रोगको पहिचान भएको जिल्ला पशुसेवा कार्यालय पाल्पाका पशुचिकित्सक डा उत्तम आचार्यले बताए ।
यस क्षेत्रमा रानीखेत रोगको सङ्क्रमण फैलन नदिन कार्यालयले १०० कुखुरामा रानीखेतविरुद्धको सुई दिएको छ ।
थप अनुसन्धानका लागि मृत कुखुराको नमुना ल्याबरेटरी परीक्षणका लागि केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा पठाइएको आचार्यले बताए ।
कृषक महेन्द्र केसीका अनुसार दाङबाट बर्दियाको भाले गाउँमा ल्याएपछि सो भालेबाट रोगको सङ्क्रमण अन्य कुखुरामा फैलिएर मरेको हो ।
आर्थिक दृष्टिले खतरनाक मानिने रानी खेत रोग कुखुरामा लाग्दा कुखुराको सिर निलो हुने, हरियो दिसा गर्ने, एक्कासि धेरै कुखुरा मर्ने, स्नायुसम्बन्धी समस्या हुने जस्ता लक्षण देखापर्ने गर्दछ । रासस
No comments:
Post a Comment