top_rightads

Follow me on Twitter

Wednesday, March 9, 2016

विश्व मिर्गौला दिवसमा ¥याली


काठमान्डौ, २७ फागुन । एघारौँ विश्व मिर्गौला दिवसको अवसरमा आज यहाँ ¥यालीको आयोजना गरियो । 

किड्नी फाउन्डेसनले आयोजना गरेको ¥याली दरबारमार्गबाट सुरु भई कमलादी, पुतलीसडक, पद्मोदय घुम्ती हुँदै भृकुटीमण्डपमा पुगेर टुङ्गिएको थियो ।

¥यालीमा चलचित्र क्षेत्रका कलाकार, विद्यार्थी र सर्वसाधारणको समेत सहभागिता रहेको थियो । सहभागीले ‘मिर्गौला बचाऔँ’ र ‘मिर्गौला बचाउन खानपानमा ध्यान दिऊँ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । 

¥यालीलाई सम्बोधन गर्दै उद्योग राज्यमन्त्री मेघराज नेपाली ‘निषाद’ले नेपालको सन्दर्भमा मिर्गौला प्रत्यारोपणसम्बन्धी भएका ऐन÷कानुनलाई सुधार गर्नुपर्नेमा जोड दिनुभयो । 

किड्नी फाउन्डेसनका प्रमुख सल्लाहकार नीलकण्ठ उपे्रतीले मिर्गौलाको उपचार अत्यन्त महँगो भएका कारण पनि यो रोगबाट बच्नका लागि सचेतना फैलाउनुपर्ने धारणा राख्नुभयो । 

फाउन्डेसनका अध्यक्ष डा शक्ति बस्नेतले नेपालमा करिब ३० लाख मानिसलाई मिर्गौलासम्बन्धी कुनै न कुनै रोग लाग्ने गरेको बताउनुभयो । रासस 

No comments:

Post a Comment