Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Saturday, March 12, 2016
झडपमा पाँच आतङ्ककारी मारिए
इस्लामाबाद, ३० फागुन - पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराचीमा सशस्त्र आतङ्ककारी र प्रहरीबीच भएको झडपमा पाँच आतङ्ककारी मारिएका छन् । स्थानीय सञ्चार माध्यमले आइतबार सो जानकारी दिएको छ ।
पाकिस्तानको दक्षिणी भागमा पर्ने सिन्ध प्रान्तको प्रान्तीय राजधानी कराचीको नन्काना सहाब क्षेत्रमा सो झडप भएको उर्दु टेलिभिजन च्यानल दुन्याले जानकारी दिएको छ ।
अलकायदासँग आवद्ध आतङ्ककारी लुकेर बसेको इलाकालाई लक्ष्यगरी प्रहरीले शनिबार राति कारबाही सुरु गरेको बताइएको छ ।
यस कारबाहीमा मारिएका मध्ये दुई जना अलकायदासँग आवद्ध आतङ्ककारीहरु रहेका जनाइएको छ ।
यी दुई अलकायदा आतङ्ककारीको सरकारले टाउको मूल्यसमेत तोकेका थियो । एकको ५० हजार अमेरिकी डलर र अर्कोको ५ हजार अमेरिकी डलरको मूल्य रहेको बताइएको छ । रासस÷सिन्ह्वा
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment