फागुन ३० | पहिलो निर्देशकीय फिल्म ‘ड्रिम्स’ सफल भएको खुशीयालीमा अभिनेता भुवन केसीले शनिबार साँझ राजधानीमा ड्रिम्ससम्बद्ध फिल्मकर्मी र सञ्चाकर्मीलाई 'सक्सेस पार्टी' दिएका छन् ।
फिल्म सफल भएको खुशीयालीमा भुवनले सफल बनाउन फिल्म टोलीका सबै व्यक्तिको उत्तिकै मेहनत रहेको बताए ।
पार्टीबाटै उनले रिलिज भएको एक हप्तामै फिल्मले कुल ६ करोड व्यापार गरेको दाबी पनि गरेका छन् ।पार्टीमा भुवनका अलावा फिल्मका मुख्य अभिनेता अनमोल केसी, साम्राज्ञी राज्यलक्ष्मी राणा, पटकथाकार सामिप्य तिमल्सिनाले फिल्म सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यावाद दिएका हुन् ।
No comments:
Post a Comment