चैत्र ५ | शहरी विकास तथा भवन निर्माण विभागले भूकम्पीय आवास पुनः निर्माण कार्यक्रम तथा भूकम्प आकस्मिक सहायता आयोजनाका लागि २५ सयभन्दा बढी इन्जिनियरका लागि जागिर खुला गरेको छ। इन्जिनियर, सब इन्जिनियर तथा असिस्टेन्ट सब इन्जिनियर पदका लागि आवेदन माग गरेको छ ।
विभागले यसअघि इन्जिनियर र सब इन्जिनियर पदमा क्रमशः ४६ र ७१ जना मागेको थियो। सो विज्ञापनमा छनौट भइसकेका निवेदकहरुलाई कायम राख्दै विभागले थप इन्जिनियर माग गरेको छ । पहिले अन्तर्वार्तामा सामेल भइसकेकाहरुले फेरि अन्तर्वार्ता दिनु नपर्ने तथा आवेदन दिएर अन्तर्वार्तामा नआएकाहरुले फेरि आवेदन दिन सक्ने विभागले उल्लेख गरेको हो ।
इन्जिनियर पदमा आवेदन दिनका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट सिभिल इन्जिनियङि वा आर्किटेक्टमा स्नातक उत्तीर्ण गरी इन्जिनियरिङ काउन्सिलमा दर्ता भएको हुनुपर्ने छ।
सब इन्जिनियरमा मान्यता प्राप्त शैक्षिक संस्थाबाट सिभिल इन्जिनियङि वा आर्किटेक्टमा स्नातक वा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने बताएको छ।
असिस्टेन्ट सब इन्जिनियरका लागि एसएसली पास गरी सम्बन्धित विषयमा तालिमप्राप्त वा प्राविधिक शिक्षालयबाट सम्बन्धित विषयमा टीएसएलसी कोर्स उत्तीर्ण गरेको हुनु पर्नेछ।
आवेदन शहरी विकास तथा भवन निर्माण विभागको सामान्य प्रशासन तथा जनशक्ति विकास शाखामा बुझाउनुपर्नेछ। करार सेवामा लिने यी इन्जिनियरहरुलाई भूकम्प प्रभावित १४ जिल्लाहरुमा खटाउने तयारी विभागले गरिरहेको छ।


No comments:
Post a Comment