Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Friday, March 18, 2016
प्रधानमन्त्रीको चीन भ्रमणमा एजेन्डामै छैन इन्धन सम्झौता
काठमाडौं,६ चैत्र- प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा इन्धन खरिद सम्झौता नहुने भएको छ ।
प्रधानमन्त्री ओलीले उच्चस्तरीय राजीतिक समितिको शुक्रबारको बैठकमा भ्रमणमा इन्धन भण्डारणका विषयमा छलफल हुने तर सम्झौता नहुने जानकारी गराएका छन ।
एमाओवादी अध्यक्ष पुष्पमल दाहाल संयोजकत्वको संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकमा प्रधानमन्त्री ओलीले नेपाल र चीन दुवैतर्फबाट पर्याप्त गृहकार्य नभएकोले इन्धन खरिद सम्झौता भ्रमणको एजेण्डामा नरहेको बताएका हुन् ।
बैठकमा प्रधानमन्त्री ओलेले चीनले गृहकार्यपछि मात्रै सम्झौता होस् भन्ने चाहेकोले यो भ्रमणमा इन्धन सम्झौता नहुने जानकारी दिएका हुन् । सीमानाका जोड्ने सडक विस्तार भएपछि इन्धन सम्झौता गर्न समस्या नहुने प्रधानमन्त्री ओलीको भनाई छ ।
आजको नयाँ पत्रिका दैनिकमा समाचार छ
Labels:
गृह पृष्ठ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment