चैत्र २ | राष्ट्र बैंक सुपरिवेक्षणको कर्मचारी हुँ भन्दै बैंकहरुका केस मिलाइदिने बाहनामा ठगी गर्ने नारायाणी विकास बैंकका सञ्चालक प्रकाश रेग्मी पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले रेग्मीलाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको बताएको हो। रेग्मीले केस मिलाइदिन्छु भन्दै कुमारी बैंकका ऋणी जितेन्द्र खड्कासँग ३० लाख रुपैयाँ मागेका थिए। अन्य बैंकरहरूसँग पनि यस्तै अाश्वसन दिएर पैसा असुलेकाे सिअाइबीकाे अनुसन्धानबाट खुल्न गएको छ।
राष्ट्र बैंक तथा सिआईबीकै मुद्दा पनि मिलाइदिन्छु भनेर उनले पैसा असुली ठगी गरेको अनुसन्धानबाट खुलेकाे छ। पक्राउ पछी उनीविरूद्ध प्रहरीले कानुन कारवाहीकाे प्रक्रिया अघि बढाएकाे छ।
No comments:
Post a Comment