चैत्र २, २०७२- फिल्म स्टारहरुका प्रेमप्रसंगका समाचारहरु अब गसिपका मात्र कुरा नरहने भएका छन् । यसमा कानुनी लफडासमेत जोडिन थालेको बताउछन । ‘क्रिस’ ताका सँगै अभिनय गरेका ऋत्विक रोशन र कंगना रनावतबीच अहिले सुरु भएको कानुनी लफडा त्यसको उदाहरण बनेको हो ।
हालै एउटा फिल्म अफर हुँदा कंगनाले अस्विकार गरेकी थिइन् । त्यसको कारण बताउँदा उनले आफ्नौ ‘पूर्वप्रेमी’सँग जोडिएर आएका कुरालाई कारणका रुपमा बताएकी हुन् । अहिले ऋत्विकले त्यो ‘पूर्व प्रेमी’ आफू नभएको प्रष्टिकरण दिन कंगनालाई दबाब दिइरहेको बताइन्छ । यसका लागि उनले आफ्ना वकिल मार्फत कानुनी सुचना नै पठाएका जानकार बताउछन् ।
No comments:
Post a Comment