top_rightads

Follow me on Twitter

Wednesday, March 16, 2016

आलिया र सिद्धार्थको अभिनय हुने आशिकी ३ !


चैत्र ४ | बलिउडको हिट सिरिज 'आशिकी' को तेश्रो सिक्वेलमा कलाकार तय भएका छन् । जानकारीमा आएअनुसार 'आशिकी ३' को लागी बलिउडका पछिल्लो पुस्ताका चर्चित कलाकार आलिया भट्ट र सिद्धार्थ मलहोत्रा लि अभिनयमा रहने पक्का भएको हो । 

'स्टुडेन्ट अफ दि ईयर' जोडी आलिया र सिद्धार्थलाई अफिसियल रुपमै अनुबन्ध गरिएको निर्देशक मोहित सुरीले मिडियामाझ बोलेका छन् । 'आशिकी २' मा आदित्य रोय कपुर र श्रद्धा कपुर लिड रोलमा भए पनि पुनः यो जोडीलाई निर्माण युनिटले नदोहोर्याएका हुन्  ।

आलिया पछिल्लो पटक 'कपुर एण्ड सन्स'को प्रमोशनमा व्यस्त रहेकी छन् । पछिल्लो पुस्ताको पहिलो रोजाई जस्तै बन्न पुगेकी राइजिङ स्टार आलिया र सिद्धार्थ स्टारिङमा रहने  फिल्म अर्को बर्षबाट फ्लोरमा जाने बताईएको छ । 

No comments:

Post a Comment