एजेन्सी– चरमपन्थी संगठन इस्लामिक स्टेटले आफ्ना यौनदासीहरुलाई गर्भनिरोधक ओषधि सेवन गर्न दिने गरेको रहस्य खुलेको छ । इस्लाम धर्मले गर्भनिरोधक प्रयोगलाई बैधानिक मान्दैन । तर आफ्ना लडाकुको यौन प्यास मेटाउन गर्भवती महिलाले नसक्ने भएकोले यौनदासीहरुलाई गर्भवती नहुनु भन्ने उर्दी इस्लामिक स्टेटले जारी गर्ने गरेका छन् ।
इराकमा रहेको इस्लामिक स्टेटको कैदबाट भागेका ३५ भन्दा बढी यहुदी महिलाहरुको साक्षात्कर पछि न्यूयोर्क टाइम्सले यस्तो खबर सार्वजनिक गरेको छ । खबरअनुसार इस्लामिक स्टेटले महिलाहरुलाई गर्भवती हुन नदिन औषधि वा खोपको प्रयोग वा दुवै गर्न बाध्य पार्ने गरिन्छन । इस्लामिक स्टेटले आफ्ना लडाकुहरुको मनोरञ्जनका लागि बन्दी बनाइएका महिलाहरुलाई यौनदासीका रुपमा उपलब्ध गराउने गरेको छ । उनीहरुको खरिद बिक्री पनि हुने गरेको पाईएको छ । इराकमा संयुक्त राष्ट्र संघले सञ्चालन गरेको क्लिनिकमा ७ सय यस्ता महिलाहरु पुगेका थिए | उनीहरु बलात्कारमा परेका थिए । इस्लामिक स्टेटले यहुदीहरुलाई राक्षसको आरधना गर्ने जाति मान्छन ।
No comments:
Post a Comment