top_rightads

Follow me on Twitter

Sunday, March 13, 2016

उपत्यकामा २१ स्थानमा आकाशे पुल आवश्यक


३० फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाभित्र भीडभाड हुने २१ स्थानमा आकाशे पुल आवश्यक रहेको बताएको छ । 

महाशाखाका अनुसार सधैं भीडभाड हुने पुतलीसडक, माइतीघर, बबरमहल, बानेश्वर, मीनभवन, कोटेश्वर, एअरपोर्ट गेट, गौशाला, चाबहिल, महाराजगन्ज, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, केशरमहल, सोह्रखुट्टे गल्कोपाखा, पाटन, बौद्ध र सातदोबाटोमा आकाशे पुल आवश्यक छ । 

यी स्थानमा आकाशे पुल नहुँदा ट्राफिक व्यवस्थापनमा कठिनाइ भइरहेको छ । 

महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले बढ्दो सवारीसाधन र आकाशे पुलको अभावमा ट्राफिक व्यवस्थापनमा समस्या परेको बताए  । उनले भने  “दुईजना मानिस बाटो काट्दा दर्जनौँ सवारीसाधन रोकिन्छन् त्यसलाई व्यवस्थापन गर्न ट्राफिकलाई गाह्रो परेको छ ।” 

अहिले उपत्यकाभित्र २२ स्थानमा आकाशे पुल र एक सब–वे रहेका छन् । रासस 

No comments:

Post a Comment