Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Saturday, March 12, 2016
आयल निगममा अखिलको धर्ना, बिराटको अनुमति तत्काल खारेजीको माग
काठमाडौं, ३० फागुन- नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेपाल आयल निगम घेराउ गरेको छ ।
आइतबार विहान अनेरास्ववियु केन्द्रीय कमिटीले पेट्रोलियम पदार्थमा भएको कालोबजारी तथा असहज आपूर्तिविरुद्ध निगमको केन्द्रीय कार्यालय घेराउ गरेको हो ।
बिहान ९ बजे बिद्धर्थीहरु प्लेकार्ड बोकेर आक्रोशित मुद्रामा चर्का नाराबाजीसहित बिरोधमा उत्रेका हुन । नाका सहज हुँदा पनी कालोबजारी नरोकिएको र निगम आफै कालोबजारीमा सम्लग्न भएकाले घेराउ कार्यक्रम आयोजन गरिएको अखिलका महासचिब ऐन महरले बताउनुभयो ।
अनेरास्ववियुको नेतृत्वमा बिद्यार्थीहरुले एक घन्टा धर्ना दिएका थिए । नेपाल आयल निगमको कार्यालय, बबरमहल अगाडि बसेर धर्ना दिएका हुन् ।
यो सांकेतिक बिरोध हो यसलाई कमजोरीको रुपमा नलिन र चाडो भन्दा चाडो इन्धन खाना पकाउने ग्यास सहज पारी जनजीवन सहज बनाउन आग्रह गर्दै अनेरास्ववियुका अध्यक्ष नबिना लामाले तत्काल व्यवस्था नगरे नछाड्ने चेतावनी दिनुभयो ।
आफ्नै पार्टी सरकारमा नेतृत्वमा रहेको बेलामा गरिएको आन्दोलनले आम बिद्यार्थी संगठनमा राम्रो सन्देश गएको नेताहरु बताएका छन् ।
Labels:
गृह पृष्ठ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment