top_rightads

Follow me on Twitter

Sunday, March 20, 2016

यसरी खुल्यो प्रधानमन्त्रीले सरकारी नियम तोडेर हिमालय एयरलाइन्स रोज्नुको रहस्य !

काठमाडौँ ७ चैत -  भारत भ्रमण गरि चौतर्फी आलोचना खेपेका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण पनि आलोचनाबाट मुक्त हुन् भने सकेन । भारतको नाकाबन्दीपछि चीनसंग इन्धन सम्झौता हुनुपर्ने आवाज उठिरहदा ओलीले यो एजेन्डालाई ‘डिलिट’ गरेपछि यसको चौतर्फी बिरोध र आलोचना भैरहेका छन् । 
करोडौ घाटामा रहेको नेपाल एयरलाइन्सलाई वास्तै नगरी प्रधानमन्त्रीले जबर्जस्ती हिमालय एयरलाइन्स रोजेपछि अहिले चौतर्फी आलोचना भैरहेको हो ।

सरकारको नीतिको उल्लंघन  
ओलीले एक नयाँ एयरलायन्सको ब्राण्ड एम्बेसडर बनेर सरकारी नीति नै उल्लङ्घन गरेका हुन् ।

आर्थिक वर्ष २०७१\०७२ को सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्री, मन्त्री  तथा सरकारी कर्मचारी भ्रमणमा जाँदा राष्ट्रिय ध्वजाबहाक नेपाल बायूसेवा निगमको जहाज प्रयोग गर्नुपर्ने नीति रहे पनि ओलीले यो नीतिको ठाडो उल्लंघन गरेका हुन्  । 

सार्वजनिक खरिद ऐनको उल्लङ्घन   
हिमालय एयरलाइन्सले सार्वजनिक खरीद ऐन र सार्वजनिक खरीद नियमावलीको पनि ठाडो उल्लंघन गरेको छ । सार्वजनिक खरीद ऐन–२०६३ र सार्वजनिक खरीद नियवावली–२०६४ अनुसार कुनै पनि सार्वजनिक निकायले बस्तु वा सेवा खरीद गर्दा केही प्रक्रिया तथा नियमहरु पूरा गर्नुपर्ने हुन्छ । 


कुनै पनि जहाजले उडान अनुमति लिनका लागि परिक्षण उडान गर्नु पर्छ । यसरी अनुमति लिंदा कम्तिमा पनि एक देखि २ महिना लाग्छ तर हिमालयले भने नेपालमा भित्रिएको दश दिनमै उडानयोग्य प्रमाणपत्र लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा नागरिक उडड्यन प्राधिकरण लगायतका निकायलाई दबाबमा पारी अनुमति पत्र लिएको बुझिएको छ । 

एयरलाइन्सले फागुन २६ गते भित्र्याएको जहाजको परिक्षण उडान नै भएको थिएन । एयरलाइन्सले प्रधानमन्त्री ओलीलाई नै परिक्षण व्यक्तिका रुपमा ‘युज’ गरेका छन् । हिमालय एयरलाइनसले सबै नियम तोडेर ब्यबसायिक उडान सुरुआत गरेका हुन् । 

सरकारी ढुकुटी एमालेकरण 
चीन भ्रमणमा गएका झन्डै सय जनाको जम्बो टोलीको यात्रा शुल्क करोडौ लाग्छ । सरकारी बायु सेवा निगमको जहाज प्रयोग गर्ने हो भने यो भन्दा न्यून शुल्कमा जान सकिने ब्यबसायीहरु बताउछन् । यसले निगमको घाटा पुर्तीमा समेत ठूलो सहयोग हुन्थ्यो । तर अब यो रकम हिमालय एयरलाइन्सलाई जाने भएको छ । 

यो एयरलाइन्स एचआईएफ एभिएसन ईन्भेष्टमेण्ट र यति वल्र्ड ईन्भेष्टमेण्टको लगानीमा सञ्चलन भएको हो । हिमालयन इन्फ्रास्ट्रकचर फण्ड र यति वर्ल्ड इन्भेष्टमेन्टको ५१ प्रतिशत र तिब्बत एयरलाइन्सको ४९ प्रतिशत लगानी रहेको छ । यसमा नेपाल ईन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र केही एमाले निकट व्यवसायीहरुको लगानी छ । करिब २५ मिलियन भन्दा बढीको लगानी रहेको यो एयरलाइन्सले आगामी एक महिनापछि मात्रै उडान भर्ने योजना बनाएको थियो  ।

अन्तरास्ट्रिय उडान दिल्ली र दोहामा गर्ने हिमालयको योजना भए पनि मौकामा चौका हान्दै प्रधानमन्त्रीलाई ‘युज’ गरेर ठूलो रकम हात पारेका छन् । 

बाबुरामको बिरोध  
प्रधानमन्त्रीले सरकारी नीति नै उल्लंघन गरेर निजी कम्पनीको बिमान चार्टर गरेपछि नया शक्तिका संयोजक डा. बाबुराम भट्टराईले कडा शब्दमा आलोचना गरेका छन् । 

‘आज चैत्र ७ गतेबाट शुरू भएको प्रम ओलीको चीन भ्रमण शुभ रहोस्, सफल रहोस् ! परन्तु भूकम्प र नाकावन्दीले थिल्थिलो भएको देशको नाजुक अर्थतन्त्रको ढाड भाँचिने गरी सय जनाको जम्बो टोली लैजानु र सार्वजनिक स्वामित्वको नेपाल एअरलाइन्सका जेट विमान छँदाछदै संचालनमा आइ नसकेको निजी क्षेत्रको विमान चार्टर गरेर जानु चाहिं अलि बढी ज्यादतिपूर्ण र अशोभनीय नै भयो है!’ भट्टराईले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।  

No comments:

Post a Comment