top_rightads

Follow me on Twitter

Sunday, March 20, 2016

मानवीय गल्तीले विमान दुर्घटना ६२ को ज्यान गयो !


चैत ८  । रसियामा शनिबार भएको फ्लाइदुबईको विमान दुर्घटना चालकको मानवीय गल्ती भएको सो विमान दुर्घटनाको अनुसन्धानमा रहेका अनुसन्धानकर्ताले पुष्टि गरेका छन् । 

सो दुर्घटनामा परी त्यसमा सवार सबै ६२ जनाकै ज्यान गएको उक्त एयरलाइन्सले पुष्टि गरेको छ । 

शनिबार बिहान रसियाली दक्षिणी सहर रोस्तोभ ओन दन विमानस्थलमा सो विमान अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो । 


उक्त विमानमा ५५ जना यात्रु र सात चालक दलका सदस्य रहेका थिए । विभिन्न नौ वटा राष्ट्रका नागरिक सो दुर्घटनामा मारिएका बताइएको छ । मारिएका व्यक्तिहरुमा ४५ जना रसियाली नागरिक रहेका पुष्टि गरिएको छ | रासस 

No comments:

Post a Comment