top_rightads

Follow me on Twitter

Sunday, March 20, 2016

बसले मोटरसाइकललाई ठक्करबाट बालकसहित दुईको मृत्यु !


चैत ८ । भालुवाङबाट रुकुमका लागि छुटेको बसले गए राति राप्ती राजमार्गको रानागाउँमा मोटरसाइकललाई ठक्कर दिँदा दाङमा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । 

त्यस्तै दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

यसरी मृत्यु हुनेमा तुलसीपुर–१ रानागाउँ निवासी ६० वर्षीय फुर्सी खत्री र सोही ठाउँका वर्ष ९ वर्षका बालक वरुण थापा रहेको जिल्ला प्रहरी प्रमुख कँुवेर कडायतले जानकारी दिएका छन्  । 


त्यसैगरी घटनामा परी गम्भीर घाइते मोटरसाइकल चालक रामबहादुर केसी र गीता केसीलाई थप उपचारका लागि कोहलपुर पठाइएको बताएको  छ । 

भालुवाङबाट रुकुमका लागि छुटेको ना५ख ७२८२ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा२३प ५९५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकमा सवार खत्री र बालकको ज्यान गएको बताएको हो । 

No comments:

Post a Comment