काठमान्डौ , १ चैत । एमालेको नाममा बल्खुमा नौ रोपनी एक आन जग्गा र पुरानो भवन छ । यसको चलनचल्तीको मूल्य ३४ करोड रुपैयाँ रहेको एमाले मुखपत्र नवयुगमा उल्लेख छ । पुरानो भवनले नौ आना जग्गा ओगटेको छ ।०७२ चैतभित्रै पुरानो भवन भत्काएर करिब पाँच करोड रुपैयाँ लागतमा भूकम्पपैतिरोधी, अत्याधुनिक प्रविधिमैत्री भवन बनाउने तयारी एमालेको छ ।यस विषयमा केन्द्रीय सचिवालयमा समेत एकसरो छलफल भइसकेको छ, केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।
भूकम्पबाट कार्यालय क्ष्तिग्रस्त भएपछि एमाले निकट इन्जिनियर भरप पहारीसहितको इन्जिनियर टोलीले भवनमा रातौ स्टिकर टाँस्यो ।त्यसपछि एमाले नेताहरुबीच बालकुमारीस्थित नौ रोपनी क्षेत्रफलमा रहेको तुल्सीलाल प्रतिष्ठानमा कार्यालय सानेृ छलफल भयो । तर वर्षमा हिलाम्मे हुने भन्दै पासाङल्हामु प्रतिष्ठानमा कार्यालय सार्ने योजना बन्यो र सर्यो पनि । त्हीबीचमा मदननगरको जग्गा बेच्ने र चक्रपथ आसपास उपयुक्त जग्गा खोज्ने योजना पनि बनेको थियो ।
बल्खुमा पर्याप्त जग्गा रहेको र मदन भण्डारीको भावनासँग जोडिएको भन्दै देशभरका कार्यकर्ताबाट पनि दबाब परेपछि नेताहरु बल्खुमै नयाँ भवन बनाएर पार्टी कार्यालय राख्ने निष्कर्षमा पुगेका हुन् ।आजको नयाँ पत्रिका दैनिक समाचार छ ।
No comments:
Post a Comment