top_rightads

Follow me on Twitter

Friday, March 11, 2016

औंठी दाईजो नदिँदा सिन्दूर हाल्दै गरेको बिहे रोकियो !



काठमाडौं, २९  फागुन  । बेहुलीका बुवाले औंठी दाइजो नदिँदा सिन्दूर हाल्दै गरेको बिहे भाँडिएको छ ।
वीरगन्ज उपमहानगरपालिका १८ लक्ष्मणवाका २२ वर्षीय अनुप वर्णवल र भारत बिहार पश्चिम चम्पारण बेतियाकी २१ वर्षीया पुनमकुमारीबीच बिहीबार राति भइरहेको बिहे भाँडिएको छ ।

आर्दशनगरस्थित महावीर धर्मशालामा भइरहेको विवाह समारोहमा बेहुली पुनको सिउँदोमा सिन्दूर हाल्न अगाडि बढेका बेहुला अनुपलाई उनका बुबा अंकुर वर्णवालले रोकेर दाइजोमा कुबल नै नगरिएको सुनको औंठी बेहुलीका बुबा जगरनाथ वर्णलालसँग मागे ।सुनारले सुन बनाउन नभ्याएका कारण बेहुलीका बुबाले पछि दिन्छु भन्दै हात जोडे । त्यसपछि अंकुरले औंठी नपाए छोराको बिहे नगर्ने धम्की दिए ।

अनुपले पनि औंठी नपाएसम्म बेहुलीको सिउँदोमा सिन्दूर नहाल्ने अडान लिए । त्यही विषयले विवादको रुप लिदा बेहुला पक्ष र बेहूली पक्षबीच कुटाकुट भएपछि विवाह भाँडिएको हो ।आजको अन्नपूर्णमा समाचार  छ  ।

No comments:

Post a Comment