top_rightads

Follow me on Twitter

Friday, March 11, 2016

चिनले भन्यो -पाइपलाइबाट कच्चा तेल लगेर प्रसोधन गर्नुहोस



काठमाडौं, २९ फागुन । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा इन्धन खरिद सम्झौता हुने अपेक्षा गरिएको छ ।

नेपालले कुल खपतको ३० प्रतिशत प्रशोधित इन्धन आयात तयारी गरिरहँदा चीनले कच्च तेल लगेर प्रशोधन गर्न सुझाव दिएको छ । त्यसका लागि पाइपलाइनमार्फत कच्चा तेल दिने र प्रशोधन केन्द्र निर्माणमा सघाउने चीनको प्रतिबद्धता छ ।चीनबाट इन्धन खरिद सम्भावना खोज्न पटक-पटक गएको नेपाली टोलीलाई चिनियाँ अधिकारीले कच्चा तेल लगेर प्रशोधन गर्न सुझाव दिएका हुन् ।

चारपटकसम्म चीन पुगेका आयल निगमका निमित्त नायब प्रबन्ध निर्देशक सुशील भट्टराईले प्रशोधित तेल आयात सम्भावना खोज्न गए पनि चीनले कच्चा तेल लगेर प्रशोधन गर्न सुझाव दिएको बताए कल्पना नै नगरेको प्रस्ताव चीनले गरेपछि यस विषयमा सरकारले कुनै चासो दिएको छैन । कच्च तेल ओसारेर प्रशोधन गर्न लागतका हिसाबले पनि निकै महंगो पर्ने उनले जानकारी दिए । नयाँ पत्रिका दैनिकमा समाचार  छ ।


No comments:

Post a Comment