top_rightads

Follow me on Twitter

Friday, March 11, 2016

प्रधानमन्त्रीको चीन भ्रमणमा ४५ जना, चीनले ११ जनाको मात्र खर्च व्यहोर्ने



काठमाडौं ,२९ फागुन । चीनले प्रधानमन्त्री केपी ओलीको आसन्न भ्रमणमा ११ जनाको मात्र खर्च व्यहोेर्ने भन्दै नेपाल सरकारलाई अवगत गराएपनि भ्रमण टोली भने जम्बो हुने भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको भ्रमण टोलीमा ४५ जना रहनेछन् । 

टोलीमा चार जना मन्त्री, एमाले, एमाओवादी , मधेसी दल र कांग्रेशका सभासदलाई समावेश गरिएको आजको अन्नपूर्णमा समाचार छ ।स्रोतका अनुसार चीनले भ्रमण टेलीमा सहभागी हुने ११ जनाको मात्र खर्च आफूले बेहोर्ने कूटनीतिक च्यानलबाट सरकारलाई जानकारी गराएको छ ।

बेइजिङस्थित नेपाली दुतावासले प्रधानमन्त्रीको  भ्रमण टोलीको टुंगो चाँडो लगाउन सरकारलाई आग्रह गरेका थिया । तर सरकारले अझै पनि टुंगो लगाउन सकेको छैन ।सरकारले विदेश भ्रमण चुस्त र मितव्ययी बनाउन जारी गरको सरकार तथा राष्ट्र प्रकुखको भ्रमण निर्देशकिा विपरित प्रधानम्नीत्रको तीन भम्राण टाली जम्बो बनाउन लागिएको हो ।

No comments:

Post a Comment