Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Friday, March 18, 2016
भुक्तानी नदिएको भन्दै किसान आन्दोलित , उद्योगमा अनिश्चितकालीन तालावन्दी
५ चैत । जिल्लाको गङ्गापुरस्थित ‘इन्दिरा एग्रो एन्ड सुगर्स मिल’मा किसानले अनिश्चितकालीन तालावन्दी गरेका छन् ।
समयमै मिलले उखुको भुक्तानी नदिएको भन्दै किसानले सो उद्योगमा बिहीबारदेखि तालावन्दी गरेका हुन् ।
उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार रु दुई करोड बढी रकम चिनी कारखानाले किसानलाई भुक्तानी दिएको छैन ।
तालावन्दी गरिएपछि चिनी उत्पादनदेखि बिक्री वितरणसम्मको सबै काम ठप्प भएको छ । किसानको बक्यौता रकम दिलाउन जिल्ला प्रशासन कार्यालय र उखु उत्पादक कृषक समितिले चासो नदेखाएको पीडितको आरोप छ । रासस
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment