चैत ३ । व्यवसाय गर्न कुमारी बैकवाट लिएको ऋण तिर्न नसकी बैक धाइरहेका जितेन्द्रबहादुर श्रेष्ठको परिचय प्रकाश रेग्मीसँग भयो । भेटमा उनले आफुलाई नेपाल राष्ट्र बैकको बैक तथा वितिय संस्था सुपरीवेक्षण विभागको कर्मचारीका रुपमा चिनाउँदै ‘केस प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो गइसकेको बताएपछि श्रेष्ठ आत्तिए । सधैं सुटेडबुटेड रेग्मीले भेटैपिच्छे प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोका प्रहरीलाई फोनवाट निर्देशन दिन्थे । कर्जा सूचना केन्द्रको कालो सूचीमा समेत परिसकेका उनीबारे रेग्मीले सबै विवरण बताउदै बैकिङ कसुरमा सिआइबीले समेत अनुसन्धान अगाडि बढाएको बताउँदै केस मिलाईदिने प्रस्ताव गर्दा सुरुमा उनले पत्याए । बैकले राष्ट्र बैंकमा पठाएको पत्र सिआइबी पुगिसकेको र सिआइबीले प्रक्रिया अगाडि बढाएर श्रेष्ठ पक्राउ परे ५ बर्ष जेल हुने भन्दै रेग्मीले केस मिलाउन ३० लाख लाग्ने बताए ।
प्राय ः राष्ट्र बैक अगाडि नै भेटघाट हुने उनले भेटमा मोबाइलबाट व्युरोका प्रहरीलाई फोन गर्दै जितेन्द्रजीको केस के भइरहेको छ ,२–४ दिन ढिलो गरिदिनुस है समेत भन्थे । रेग्मीको सबै व्यवहारवाट सिआइबी आफ्नो पछि लागकोमा विश्वस्त हुँदै श्रेष्ठ ५ लाखसम्म खर्च गर्न तयार भएका थिए । यहीबीच एक जनाले सिआइबीमा बार्गेनिङ गरिरहेको खवर व्युरोमा पुग्यो । व्युरोका कर्मचारीले राष्ट्रबैकका ती कर्मचारी खोज्दै जाँदा प्रकाश रेग्मी फेला परे । अनुसन्धानका अनुसार रेग्मी राष्ट्र बैकका उच्च तहका सक्कली नभएर नक्कली कर्मचारी निस्के र सिआइबीका अधकारीसँगको सम्पर्क नाटक मात्र भएको पर्दाफास भएको नागरिक दैनिकमा खबर छ । व्युरोले सोमवार रेग्मीलाई पक्रेर हिरासतमा राखी अनुसन्धान अगाडि बढाएपछि श्रेष्ठ ठगिन बाट जोगिएका छन् ।
No comments:
Post a Comment