चैत ३ । बाहिर–बाहिर मात्रै हो प्रचण्डले ओली सरकारको बचाउ गर्दै हिडेको, भित्र भित्र त घाँटीसम्म नै आउने गरी असन्तुष्टि चुलइसकेको बताएको छ । सरकार बन्नु अघि सिंगो स्थायी समिति सहित बालकोट गएर केही शर्त तेस्र्याउँदै समर्थन जनाएका प्रचण्ड त्यसअनुरुपका काम कुरा केही नभएपछि केपी ओलीप्रति आक्रोशित भएका छन् ।
यसमा नियुक्तिका प्रसंग, द्धन्द्धकालीन मुद्दा फिर्ताको सहमति लगायत अनेकौँ प्रकरण रहेका छन् । योजना आयोगको उपाध्यक्ष एमालेले लिए भुकम्प पुर्ननिर्माणको कार्यकारी एमाओवादीलाई दिने प्रस्ताव पनि रद्दीको टोकरीमै मिल्काइएको छ । राष्ट्र बैँकमा रिक्त २ मध्ये एउटा डेपुटी गभर्नरमा आफूतर्फका डा. मीनबहादुर श्रेष्ठलाई राखिनुपर्यो भन्दा बरु त्यो पद कांग्रेसलाई सुम्पिइयो तर आफूलाई पत्याइएन भन्ने प्रचण्डको गुनासो रहेको जनआस्था साप्ताहिकमा खबर रहेको छ । राष्ट्रपति चुरे संरक्षण आयोजनाको प्रमुख वन मन्त्रालय आफूसँग भएर पनि एमालेले नै राष्ट्रपतिको चाहनबमोजिम भन्दै खोसेकोमा समेत प्रचण्ड निकै असन्तुष्ट बनेको देखिएको छ । शिक्षा मन्त्रालय अन्तर्गतका नियुक्ति आपसी तानातानको कारण गज्याङगुज्युङका कारण टुंगिन नसकेको पनि बताएको छ ।
No comments:
Post a Comment