top_rightads

Follow me on Twitter

Sunday, March 13, 2016

वर्षाका कारण अठ्ठाइसको मृत्यु


चैत १ । पाकिस्तानमा परेको मुसलधारे पानीका कारण गएको तीन दिनभित्र मृत्यु हुनेको सङ्ख्या आइतबार २८ पुगेको छ । 

पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा मात्रै १७ जनाले वर्षापछिको बाढीका कारण ज्यान गुमाएको बलुचिस्तान प्रान्तका प्रकोप व्यवस्थापन प्रमुखले बताउनुभयो । 

त्यस्तै छ जनाले उत्तरपश्चिमी प्रान्त काइबर पाकथुङ्ख्वामा ज्यान गुमाएका छन् भने बाँकी अन्यको काइबर वरिपरीका इलाकामा मृत्यु भएको छ । उहाँले थप्नुभयो । मृतकमध्ये चार महिला र सात बालबालिका रहेका छन् । यी प्रान्तमा ५० जनाभन्दा बढी मानिस घाइते भएका छन् । 

मुसलधारे पानीपछि बाढी आएको र कतिपय घर भत्किँदा धेरै मानवीय क्षति हुन पुगेको पञ्जाव प्रान्तका अधिकारीले बताएका छन् | रासस 

No comments:

Post a Comment